Ultimate magazine theme for WordPress.

आमा ‘पोइला’ गए पछि भाइ-बहिनीको जिम्मेवारी १४ वर्षिया अनिताको थाप्लोमा !

194

आमा ‘पोइला’ गए पछि भाइ-बहिनीको जिम्मेवारी १४ वर्षिया अनिताको थाप्लोमा !

जाडोको मौसम त्यहाँमाथि पातलो कपडा नओड्ने छ नतातो कपडा नै । चिसोले सुन्निएको ज्या न ।आगोको धुँवाले सुन्निएको आँखा । मनभरी पी डाको भारी बोकेर नि’राश भएर आँगनका डिलमा बसेकी छिन् अनिता शाही ।

जिल्लाको शुभकालिका गाउँपालिका–४की १४वर्षीया अनिता एक भाइ सुनील र एक बहिनी मीनाकी अभिभावक हुन् । उनले सानैमा आमाबुबाको माया गु’माइन् र माया पाउने आश पनि मा’रिसकिन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

अनिताकी आमा मनकला शाहीले नजिकैको दलित बस्तीमा दोस्रो बिहे गरिन् । अनिताका बुवा तिलबहादुर शाहीले पनी दोस्रो विवाह गरेर फ’रा’र भएका छन् ।

अहिलेसम्म कुनै अ’त्तोप’त्तो छैन । आमाबुबा दुवैले दोस्रो बिहे गरेर जाँदा उनीहरूको जीवन क’ष्टकर भएको छ । उनीहरूलाई एक छाक टार्न पनि मुस्किल छ ।

कसैले द या गरेर दिए भने मात्र उनीहरुको चुलो बल्छ । पढ्ने लेख्ने उमेरमा अनितालाई भाइबहिनीको स्याहार गर्नमै दिन बित्छ उनी भन्छिन् भएको पुख्र्यौली जमिन पनि बुबाआमाले बेचेर गए ।

आफू जन्मेको घरको माया धेरै लाग्छ तर घर भत्किएर हेर्न लायकको समेत छैन । अनिताले अहिले साना भाइबहिनीलाई दुःख कष्ट, हा’रगुहार गरेर भए पनि नजिकैको विद्यालयमा अध्ययन गराइरहेकी छन् ।

उनीहरू अहिले अर्काको घरमा बसेका छन् । ९ कक्षामा अध्ययनरत अनिता र उनका भाइबहिनी दुःखद् जीवनमा पनि रमाइरहेका छन् ।

अनिताले आँखाभरी आएका आँसु लुकाउन खोज्दै भनिन् अब बाँच्ने रहर पुग्यो यति सानो उमेरमा यसरी दुःख क’ष्ट भो’ग्दा म नजिन्मएकै वेश तैपनी यो समाजबाट हार खान्न साना भाइबहिनीलाई पढाइलेखाई ठूर्ला बनाउने हो ।

भोलि यिनीहरूले कस्तो हिसाबमा बुझ्छन् । ग’हभरी आएका आँ’सुलाई रो’क्न नसकेर आवाज अट्किएको जस्तो गर्दै धरधरी रुन थालिन् । उनीसँगै उनका दुई भाइबहिनी पनि भ’क्कानिएर रु न थाले १४वर्षीया दिदी नै हाम्री आमा हुन् ।

धौधौ सान्त्वना मिलेको उनीहरूको मन केही समयपछि स्थिर भयो । अनिताका भाइ सुनीलले भने अरूले बाबा भनेर बोलाउँदा पनि मन चस’क्क हुन्छ । मेरो पनि बाबा भएको भए आज यसरी नै बोलाउने थिएँ होला ।

सुनीलको कुरा काट्दै अनिताकी सानी बहिनी मीनाले भनिन्बाबा मात्रै हैन आमा भएको भए पनि हामी यति दुःखी हुने थिएनाँै होला । सबैका छोराछोरीलाई आमाबुबाले स्याहारसम्भार गर्दा मनमा ग’हिरो चो ट पर्छ । अरूको रि’सले होइन हाम्रा आमाबुबा छैनन् भनेर हो ।