Ultimate magazine theme for WordPress.

पलसँगको सम्बन्धबारे सबै खुलासा गर्ने समीक्षाको घोषणा

279

गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको आफ्नो सम्बन्धलाई लिएर यथार्थ सार्वजनिक गर्ने भएकी छिन् । आफूले यसअघि लेखेको स्टाटस वास्तविकताभन्दा टाढा रहेको उनको भनाई छ ।

नायक शाह र आफ्नो सम्बन्धका विषयमा समाचार प्रकाशित भएको थियो । उनले पल र समिक्षाबीच प्रेम सम्वन्ध रहेको र विवाहको सम्झौतासमेत भएको खुलासा भएपछि पल र समिक्षा दुवैले खण्डन गरेका थिए ।


गत २४ अक्टोबरमा स्टाटस लेख्दै समिक्षाले पलले आफूलाई अभिभावकको रुपमा माया गरेको भन्दै प्रेम सम्वन्ध अस्वीकार गरेकी थिइन् । तर, आज उनले उक्त स्टाटस कसैको अनुनयमा लेखिएको बताएकी छिन् । चाँडै वास्तविकता सार्वजनिक गर्ने समेत उनको भनाइ छ ।

हाल समीक्षाले लेखेकी छिन्, ‘म लामो केही भन्दिँन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’