Ultimate magazine theme for WordPress.

जति कोसिस गर्दा पनि किन बच्चा बस्दैन ? एक चोटी अबश्य पढ्नुहोस्…

272

दम्पतिले चाहाँदा चाहाँदै पनि लामो समय सम्म बच्चा नहुने समस्यालाई बाझोपनाको संज्ञा दिईन्छ । हाम्रो समाजले विवाहको लामो समय सम्म पनि बच्चा जन्मिएन भने महिलालाई बाझी जस्ता अनेक लान्छना लागाउँने गर्दछन् । समाजले बच्चा नहुनुमा जहिले पनि महिलाकै समस्याको रुपमा लिन्छ ।

हाम्रो समाजले श्रीमान र श्रीमती कसको कमजोरीका कारण बच्चा नभएको यर्थात कुरा कहिले जान्न खोज्दैनन् । कतिपय परिवारले बच्चा नजन्मेकै कारण महिलालाई डिभोर्स दिने वा दोस्रो विवाह गरिदिएको घटनाहरु हामिले देख्दै आइरहेका छौं । बच्चा नजन्मनुमा प्रायः महिला नै दोष मानिन्छ तर यो नितान्त गलत कुरा हो ।

मेडिकल विज्ञानले पनि यो कुरा सावित गरिसकेको छ कि महिला गर्भवति नहुनुमा उसको पार्टनरको पनि उत्तिकै हात हुने गर्दछ । यस्ता छन् महिलामा देखिने बाझोपनाका कारण बाझोपना महिला र पुरुष दुबैमा हुने समस्या हो । त्यसैले अस्पताल आउँदा श्रीमान श्रीमती नै आउनुपर्ने ब्लु क्रस अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा।

रंगिना लाइकङ्गबमले बताइन् । उनका अनुसार बाझोपना महिलामा मात्र हुन्छ भन्ने हुदैँन । पुरुषमा पनि थुप्रै कारणले बाझोपना भएको हुनसक्छ । त्यसैले श्रीमान श्रीमतीकोे नै परिक्षण गराउनुपर्छ ।महिलामा बाझोपना हुनुका कारणहरु पाठेघरको छेउको गर्भ नलि बन्द भएर । डिम्बाशयबाट अण्डा ननिस्कदाँ । पाठेघर भित्र मासुको डल्लो ‘ट्युमर’ पलाएमा ।

थाहा नभएको कारण । सबै उपचार गरिसके पनि गर्भ नबसेको ।उपचार बाझोपना कुन कारणले भएको हो त्यहि अनुसार उपचार गर्नुपर्ने हुन्छ । गर्भ नलि बन्द भएको छ भने सुरुमा नली खुलाउने प्रयास गर्नुपर्छ । नलि सत प्रतिशतको नखुल्ला तर प्राय महिलाको खुल्ने गर्छ । नलि बन्द छ भने ट्युबल क्यान्युलेसनको नयाँ तरिका आइसकेको छ ।

जसमा दुरबिनको सहयोगले नलि खुलाउने प्रयास गरिने उनले बताइन् । उनी भन्छिन् त्यस्तै अलिकति पुरानो तरिका हुन्छ । त्यसमा भजाइनाको माध्यमबाट पानीको फोर्सले नलि खुलाउने कोसिस गरिन्छ। यो तरिका त्यति प्रवावकारी मानिदैन् । विभिन्न अध्ययनहरुले पनि ट्युबल क्यान्युलेसनबाट गरिने उपाय राम्रो भएको बताउँछन् ।यश समाचारको पूरा भिडियो हेर्न तल थिच्नुहोस !