Ultimate magazine theme for WordPress.

तपाईंले शनिबार यस्ता काम गरे मिल्छ धेरै पुण्य

101

शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ ।

त्यसैले पनि यसदिन पूजापाठ बढी गरीन्छ । बिहान सबेरै उठेर पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

– शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ । – हरेक शनिबार शनिको पूजा गर्नुहोस् । – पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् । – खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ । – शनिबार कालो तिल दान गर्नुहोस्।

– ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ। – हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। – हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस्। – नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।