Ultimate magazine theme for WordPress.

छिमेकीको गोठमा गएर पाठिलाई यस्तो गरेपछि एक जना पक्राउ

327

सुन चाँदी र पैसा चोरी भएको घटना त सुन्दै आएको हो । तर रामेछापमा अनौठो चो; रीको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले प; क्राउ गरेको छ । छिमेकीको गोठमा रहेको पाठी चो; रेर खा; ने सुनापति गाउँपालिका–४ बेथान स्थित भल्वाडीका ५६ बर्षिय उदय बहादुर तामाङ प; क्राउ परेका छन् ।

गोठमा बाँधेको पाठी हराएपछि छिमेकीले खोजी गर्ने क्रममा उनले का; टेर खाएको तथ्य पत्ता लागेको थियो । छिमेकीको पाठी चोरी का; टेर खाने तामाङलाई ईलाका प्रहरी कार्यालय बेथानले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याएको छ ।

उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । शुक्रवार राती पाठी चो; री राती नै का; टेर खाएको थाहा पाएपछि उनी फरार रहेका थिए । फरार रहेका तामाङलाई हिजो पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक अ; पराधिक क्रि; याकलापमा संलग्न हुँदै स; जाय भोगेर छुटदै आएका हुन् । प्रहरीले पक्राउ परेका तामाङमाथि जिल्ला अदालत रामेछापबाट दस दिन म्याद थपेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।