Ultimate magazine theme for WordPress.

बैतडीमा जन्ती बोकेको जीप दु’र्घट’ना ५ जनाको मृ’त्यु

193

MENUMenu
बैतडीमा जन्ती बोकेको जीप दु’र्घट’ना ५ जनाको मृ’त्यु
५ मंसिर २०७८, आईतवार २२:०५
धनगढी :बैतडीमा जन्ती बोकेको जीप दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको छ। यस्तै २ जना गम्भीर घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार देहीमाण्डुबाट जन्ती बोकेर जादै गरेको म १ ज ३१० नम्बरको जीप दशरथ चन्द नगरपालिकाको कलुवामोडमा दुर्घटना हुँदा ५ जनाको मृ’त्यु भएको हो।

मृ’त्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेका प्रवक्ता खड्काले बताए।

दुर्घ’टनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली ग’म्भीर घा’इते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ।(फाइल तस्बिर)

यस्तै बाँकेको कोहलपुर चौराहामा गरिएको चक्काजाम साँझ पाँच बजेबाट खुलेको छ ।शनिबार न्यूरोड चोकमा ट्रकको ठ’क्करबाट ज्या’न गुमा’एकी महिलाका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने माग राख्दै मृतकका आफन्तहरुको सवा चार बजेबाट चक्काजाम गरेका थिए ।

ट्रक समितिका मान्छे र ट्रक चालक आउँदै गरेको बताएकी चक्काजाम खुलेको थियो । उनीहरु दाङबाट कोहलपुर आउँदै गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।