Ultimate magazine theme for WordPress.

घरमा पालेको बिरालोका कारण यी महिला गर्भवती भएपछि…..

251

बिरालोको कारणले गर्भवती भएको भन्दा तपाईलाई पनि अचम्म लाग्यो होला । हामीलाई पनि यो कुरा एक ब्यक्तिले सामाजिक सञ्जालमा भनेको देख्दा अचम्म लाग्यो ।

घरमा पालेको बिरालोका कारण आफ्नो श्रीमती गर्भवती भएको भन्दै एक पुरुषले सामाजिक सञ्जालमा दिएको अभिब्यक्ति अहिले भाइरल भएको छ ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार अनुसार उनको घरमा पालेको बिरालोले गरेको एक हर्कतका कारण श्रीमती गर्भवती भएकी हुन् ।

तर यसमा कुनै नकारात्मक कुरा भने नसोच्नुहोला । ति पुरुषका अनुसार बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले उनीहरुको सन्तान नजन्माउने योजना विग्रिएको हो ।

प्वाल परेको कण्डम प्रयोग गर्दा श्रीमती गर्भवती बनेको ति व्यक्तिले बताएका छन् । उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् ।