Ultimate magazine theme for WordPress.

४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन बलिउड नायिका प्रिति जिन्टा

44

एजेन्सी : बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडिया मार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् ।​

प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमान सँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन् ।प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु ।

म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।

प्रितिले डाक्टर, नर्स र सरोगेटलाई धन्यवाद भनिन्ः

प्रीति जिन्टाले आफ्नो पोस्टमा थपिन्, ‘हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौं । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौं । सबैलाई धेरै माया । ’

प्रीतिको यो पोस्टमार्फत् उनी सरोगेसीमार्फत् आमा बनेकी हुन् भन्ने स्पष्ट हुन्छ । प्रीतिले आफ्नो नयाँ जीवनलाई खुसी खुसी स्वागत गरेकी छिन् ।प्रीतिको यो पोस्टमा धेरैले बधाई दिइरहेका छन् ।

यो पनि पढ्नुहोस ! ४ करोड भारुमा बिक्रीभयो ‘प्रेम गीत-३’ को भारत प्रदर्शन राइट

काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत-३’को भारत प्रदर्शन राइट बिक्री भएको छ । इम्पोसिबल फिल्म्सले ४ करोड भारतीय रुपैयाँमा यो चलचित्रको राइट खरिद गरेको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

अब भारतका थिएटर र ओटिटीकाे एमजीमार्फत् नेपाली चलचित्र ‘प्रेम गीत-३’ रिलिज हुनेछ । सन्तोषको महत्वाकांक्षी चलचित्रमा प्रदीप खड्कासँग डेब्यु नायिका क्रिस्टिना गुरुङले स्क्रिन सेयर गर्ने छिन् ।

उनीहरूका साथमा सुनिल थापा शीर्ष भूमिकामा देखिने छन् । कोरोना महामारीका कारण भएको लकडाउनको समयमा सन्तोषले बलिउडका चल्तीका डबिङ आर्टिस्ट लिएर ‘प्रेम गीत-३’ हिन्दीमा डबिङ गराएका थिए ।

हिन्दी डबिङमा मात्रै ९३ लाख भारु खर्च भएको सन्तोषले जानकारी दिए । भारतको राइट्सले चलचित्रमा गरेको लगानी उठेको सुनाउँदै सन्तोषले अब प्रदर्शनको तयारीमा लाग्ने बताए ।

नेपाल र भारतमा एकसाथ चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको सन्तोषले सुनाए । भारत र नेपालमा एकै मितिमा चलचित्र प्रदर्शन गर्दा प्रचारमा सहज हुने उनको तर्क छ ।