Ultimate magazine theme for WordPress.

सपनामा पैसा देख्नुभयो ? जीवनमा आउन सक्छ यस्तो मोड ,हुन सक्छ कायापलट !

42

यदि तपाई ले सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस । त्यो मोड खास गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि । यदि पैसा भेटेर सुरक्षित सँग राख्नु भयो र त्यो तपाई सँग हुदा नै तपाई बिउझिनु भयो भने त्यो राम्रो संकेत हो ।

तपाईको जीवन मा पनि छिट्टै धन वा सफलता हात लाग्ने छ तर यदि सपनामा भेटेको वा देखेको पैसा तपाई सँग छैन वा प्राप्त गर्न सक्नु भएन भने त्यो सपनाको संकेत अलि कठिन हुन्छ । तपाई लाई सफलता त मिल्छ तर त्यति सजिलो प्राप्त हुदैन तपाई ले त्यसलाई प्राप्त गर्न वा हाँसिल गर्न धेरै नै संघर्ष अनि मेहनत गर्नु पर्छ ।

हुन त सिधा अर्थ मा भन्नु पर्दा मेहनत बिना केहि छैन तर पनि मेहनत को प्रतिफल भने सबै लाई बेग्ला बेग्लै हुन्छ । यदि सपनामा मा तपाई ले सुन वा कुनै सिक्का वा रत्न देख्नु भयो भने तपाई को जीवन मा तपाई को आफन्त को सहयोग प्राप्त हुन्छ । मित्र को साथ धेरै नै पाउनु हुन्छ । यसलाई मित्रता को प्रतिक मानिन्छ ।

जीवन मा सम्पति भएर मात्र हुन्छ जो सँग आफ्नो मित्र अनि आफन्त को साथ हुन्छ त्यहि मानिस सम्पन्न र धनि हुन्छ । हामि ले सधै यो कुरा लाई ख्याल गर्नु पर्छ कि एक्लै कुनै पनि काम गर्न कठिन छ । त्यसैले साथी र सहयात्री को साथ हुन आवश्यक हुन्छ ।

यदि तपाई ले सपनामा मणि वा रत्न देख्नु भयो भने तपाई सँग तपाई को भाग्य बलियो छ भन्ने अर्थ हुन्छ । यस्तो चिज देख्न ले सानो काम ले पनि ठुलो प्रतिफल प्राप्त हुने लक्षण देखाउछ । तर याद राख्नुहोस सपना मा जति कुरा हरु भेट्नु हुन्छ त्यो सबै सपना हरु राम्रो हुन्छ भने हराएको वा गुमाएको सपना ले तपाई लै निराश तुल्याउछ ।

यसैगरी तपाइँले केही काम अपुरा राखे पनि यी ५ वटा कर्महरु भुलेर पनि बाँकी नछाड्नुस् । यो ५ काम तपाइँले अपुरो छोड्नुभयो भने जीवनमा ठूलो घाटा हुन्छ र ठूलो भुमरीमा अझल्नुपर्ने हुनसक्छ ।यस्ता महत्वपूर्ण काम जुन तपाइले फत्ते गर्नुपर्ने हुन्छ सुरु गरेपछि अत्य गर्नैपर्ने हुन्छ ।

शत्रुता: यदि तपाइ कोहि व्यति शत्रुता राख्नुभएको छ वा कोहि व्यक्ति तपाइको जीवनमा शत्रु बनेर आयो भने त्यो शत्रुतालाई निमिट्यान्नै पारेर छाड्नुस् कि त्यो सत्रुतालाई मित्रतामा बदल्नुस कि निमिट्यान्नै पारेर छाड्नुहोस् हैन भने जीवनमा ठुलो घाटा व्यहोर्नुपर्ने हुन्छ ।

जीवन सधै एकनासको भईरहदैन, आज तपाइले जहाँ शत्रुता कायम गर्नुभयो भोलि पनि त्यहि अवस्था रहदैन, भोलिको दिनमा या तपाइँ कमजोर हुनुभयो बेला त्यो शत्रुले तपाईमाथि आक्रमण गर्न सक्छ अर्थात् बदला लिन सक्छ, त्यसैले शत्रुता कसैसंग छ भने त्यसलाई परास्त्र गरेरै छाड्नुस कि त्यो शत्रुतालाई मित्रतामा बदलेरै छाड्नुस, भुलेर पनि जीवनमा शत्रुता कसैसंग राख्दै नराख्नुस् ।

ऋण: यदि कसैको ऋण लिनुभएको छ तपाइले वा खानुभएको छ भने त्यसलाई पनि कहिल्यै अपुरो नछाड्नुस्, ऋण यस्तो चिज हो जो ब्याजमा परिणत हुन्छ र त्यो ब्याज बढ्दै बढ्दै गएर भोलिको दिनमा तपाईलाई ठुलो घाटा हुन्छ ।

आगो: आगो यस्तो खतरनाक चिज हो जुन बालेपछि कहिल्यै त्यसै नछाड्नुस् । हामीलाई आगो सानो लाग्छ तर कहिलेकाही सानो झिल्कोले पनि तपाइको घर, टोल वा गाउँ नै सखाप बनाइदिन सक्छ त्यसैले आगो बालेपछि त्यसलाई निभाएर मात्र छाड्नुहोला ।

रोग: यदि तातेको शरीरमा कुनै पनि प्रकृतिको रोग भेटिएको छ भने त्यो रोगलाई उपचार गरेर निमिट्यान्न पारेर मात्र छोड्नुहोस् । रोगलाई सानो भनेर हेलचेक्र्याइँ नगर्नुहोस् । यसले जीवनमा ठुलो दुर्घटना निम्त्याउन सक्छ ।

शारीरिक सम्पर्क: यदि तपाई कोहि व्यक्तिलाई माया गर्नुहुन्छ र त्यसबीचमा शारीरिक सम्पर्कको विषय उठ्छ भने त्यो व्यक्तिलाई सन्तुष्ट पारेर मात्र छोड्नुहोस् । यदि तपाइको पार्टनर, तपाइको प्रेमिका, तपाइको प्रेमी, तपाइको श्रीमान/श्रीमती त्यो क्रियाकलामा असन्तुष्ट भए त्यसले जीवनमा ठुलो फाटो ल्याउन सक्छ । त्यसले यसलाई पनि अपुरो नछाड्नुहोस् ।

यहाँबाट सेयर गर्नुहोस