Ultimate magazine theme for WordPress.

पूजा-आकाशको ब्रेकअप हुँदा फ्यानले ‘आत्महत्या’ गर्न खोजे !

49

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठबीच ब्रेकअपको खबरले गसिपको बजार खुबै तातिएकाे थियाे ।

फलतः उनीहरुलाई रियल जोडीका रुपमा हेर्न चाहने धेरै दर्शकहरु निराश बनेको पनि थिए ।

आज एउटा प्रेस मिटमा यो जोडी एकसाथ देखिँदा पत्रकारहरुको मुख्य जिज्ञासाको विषयवस्तु यही नै थियो । उनीहरुले आकाश र पुजाको जोडी छुट्टिँदा जनतामा कोलाहलै मच्चिएको जसरी प्रश्न सोधे ।

एक पत्रकारले ‘अहिलेसम्म लुकाएर राखेको खबर’ भन्दै यतिसम्म गफ दिए : ‘मसँग प्रमाण छ, तपाईंहरुको ब्रेकअप भयो भनेर एक युवतीले बारम्बार आ त्म ह त्या प्रयास गर्नुभएको रहेछ ।’

अर्काले फुके : तपाईंहरुको विवादका कारणले एक जना बहिनी डि प्रेसनमा जानुभएछ । श्रीमानसँग झण्डै डिभोर्स भयो रे । आज जनतालाई बताइदिनुस तपाईंहरु अलग्गिएको हो कि होइन ।

यस्ता सनसनी खबरले आकाश र पुजा दुखी हुने नै भए । पुजाले आफूहरु कहिल्यै पनि एक-अर्कासँग नछुट्टिने भन्दै ‘आ त्म ह त्या गर्न खोजेका’ फ्यानलाई आश्वस्त तुल्याउन खोजिन् । तर, आफूहरुबीच विहे नहुने स्पष्ट संकेत पनि दिइन् ।

अनौठो तर्क गर्दै पुजाले भनिन्, ‘हामी एक-अर्कासँग कहिल्यै छुट्टिने छैनौं । हामी सँधै सँगै हुनेछौं । तर यसको अर्थ हामी विहे गर्छौं भन्ने होइन । विहे त कोसित हुन्छ भविष्यको हातमा छ ।’

पुजाले आकाश आफ्नो ‘एकदम मिल्ने साथी’ भएको दोहोर्याइन् । ‘हामी प्रेमी-प्रेमिका नभए पनि एकदम मिल्छौं । हामी एक नै हौं । एक-अर्काको बारेमा कसैले नराम्रो भन्दा साह्रै चित्त दुख्छ । तर यसको अर्थ विहे नै गर्ने सोच राखेको होइन ।

आकाश भने पुजासँगको सम्वन्धबारे अन्योलमै देखिए । तपाईंहरु प्रेमी प्रेमिका हो कि होइन भन्ने प्रश्नमा उनले पुजातिर हेर्दै भने, ‘खोइ हामीलाई नै थाहा छैन ।’पुजाको नाम अहिले अर्का एक पुरुषसँग जोडिएको छ । पत्रकारले यो पनि सोधेका थिए ।

आकाश र पुजाले अभिनय गरेको एउटा गीतको रिलिजका अवसरमा सो प्रेसमिट आयोजना गरिएको थियो ।