Ultimate magazine theme for WordPress.

2 दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, आमा लाई, सम्झी ॐ लेखि सेयर गर्नु!!!!!!!

78

काठमान्डौ

हिन्दू धर्ममा आस्था राख्ने, यो धर्म मान्नेहरुका लागि शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्छ ।

शक्तिपीठहरुको स्थापना र तिनको पूजा गर्ने प्रचलनले कुनै वेला समाज व्यवस्थामा मातृसत्ताको प्रभुत्व रहेको तथ्यलाई औंल्याउँदछ ।

हिन्दू धर्म मान्नेहरुले सामान्यतः शक्तिपीठहरुको अराधाना सदैव गर्ने गर्छन् ।

अझ दशैं आएपछि त शक्तिपीठहरुमा झनै विशेष आराधना, पूजापाठहरु गर्ने गरिन्छ ।

मैतीदेवी काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो।

करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ।

चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ।

जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए।

बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य

पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ‘माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको हो।

त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे।

त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए।

त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए।

त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए।

पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्। त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन्।

यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको पाइन्छ।

यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव (ललितपुर घाँयाबुमा प्राप्त ने. स. १०७ को शिलालेखबाट यिनको शासनकाल १०४३ भन्ने बुझिन्छ)ले कान्तिपुर शहरको स्थापना गरेपछि

यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृकाजस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरूको छ।

इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौं राज्यका राजा प्रताप मल्ल (ने. स. ७६१-९४, वि.स. १६९८-१७३१ ) ले गरेका हुन्।