Ultimate magazine theme for WordPress.

यी स्थानमा राख्नुहुँदैन पितृको तस्विर : कहिल्यै आउँदैन घरमा शुखः शान्ति !

24

यी स्थानमा राख्नुहुँदैन पितृको तस्विर : कहिल्यै आउँदैन घरमा शुखः शान्ति !
नयाँ र ताजा जानकारीहरु हेर्न यहाँ क्लिक गर्नुहोस

हिन्दुधर्म अनुसार सोह्र श्राद्ध भनेको आफ्नो पितृहरुलाई श्रद्धापूर्व सम्झदैं पुजा गर्ने समय मानिन्छ। सोह्र श्राद्धमा श्राद्ध गर्नाले पितृले मुक्ती र शान्ति पाउने पनि विश्वास रहेको पाईन्छ ।हिन्दुधर्मको चलनमा कतिपय मानिसहरुले आफ्नो पितृको तस्बिर पुजा कोठामा भगवानको तस्बिर नजिक वा सँगै राखेर पुजा गर्ने गर्छन् वास्तुशास्त्रका अनुसार पितृको तस्विर पुजा कोठामा झुन्ड्याउनु हुँदैन। साथै भगवानको मुर्ति अथवा तस्विर नजिक राखी पुजा गर्नु असुभ मानिन्छ ।हिन्दु धर्मअनुसार मानिसको मृत्युपछि उसको आत्माले शरीर छोड्ने र अर्को शरीरमा प्रवेस गर्ने गर्छ।

र आत्मा अमर रहने भएकाले पुजा गर्नु उचित ठानिन्छ तर वास्तुशास्त्रको अनुसार भगवानको न जन्म न मृत्यु नै हुन्छ त्यसैले राखेर पुजा गर्नु भगवानको निन्दा गर्नु हो भन्छ किनकि भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्नु त भगवानकै निन्दा हो।यदी कसैले पितृको तस्बिर र भगवानको तस्बिर संगै राखेर पुजा गर्छन् भने परिवारमा अशान्ति, दुर्भाग्य र आर्थिक संकट आउने छ त्येसैले पूजा कोठा उत्तरपूर्व दिशामा राखी पुजा गर्नुपर्छ र पितृको तस्विर पुजा कोठा भन्दा बाहिर राखे उचित हुनेछ ।

सरस्वती पुजा यानिकी बसन्त पञ्चमी ।यो दिन विशेष गरी ज्ञानकी देवी सरस्वतीको पूजा गरिन्छ। यो पूजा नेपाल र पूर्वी भारतमा मनाइन्छ। यस दिन महिलाहरू पहेँलो वस्त्र धारण गर्दछन् भने विद्यार्थीहरूले आफ्नो पुस्तकको पूजा गर्छन्। यो पर्व माघ शुक्ल पञ्चमी अथवा श्रीपञ्चमी जसलाई बसन्त पञ्चमी भनिन्छ।प्राचीन वर्षमा साललाई ६ ऋतुहरूमा बाँडिन्थ्यो ती ६ ऋतुहरूमा बसन्त ऋतु मानिसहरूको मनपर्दो ऋतु थियो जब फूलहरूमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरू लहराउँथे, आँपका रूखहरूबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रङ्गीबिरङ्गी पुतलीहरू उड्न थाल्थ्यो।

बसन्त ऋतुको स्वागत गर्न माघ महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौ दिन एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णु र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई बसन्त पञ्चमीको पर्व भनिन्थ्यो कामदेव भनेका प्रेमका देवता हुन्। उनकै पूजा गर्ने दिनलाई प्रणय दिवस पनि भनिन्छ शास्त्रहरूमा बसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएको छ र पुराण(शास्त्रहरू तथा अनेक काव्यग्रन्थहरूमा पनि अलग(अलग ढङ्गले यसको चित्रण गरेको पाइन्छ।

यसै अवसरमा आज हामी तपाईँहरूलाई सरस्वती देवीको चित्रमा लुकेका केहि जीवनमन्त्रहरूको बारेमा जानकारी दिन गइरहेका छौँः शुद्ध चित्त : सरस्वती मातालाई जहिले पनि सेतो वस्त्रमा देखिन्छ यसले दुई कुराको सङ्केत गर्दछ। पहिलो( हाम्रो ज्ञान निर्मल हुनुपर्छ, विकृत हुनुहुँदैन जस्तोसुकै ज्ञान आर्जन गरेपनि त्यो सकारात्मक हुनु जरुरी छ। दोश्रो( विद्यार्थी जीवनमा हाम्रो चरित्रमा कुनै दुर्गुण हुनुहुँदैन र हाम्रो चित्र सफा हुनुपर्दछ।

अनन्त ज्ञान : सरस्वती देवीको एउटा हातमा पुस्तक देख्न सकिन्छ, यसले के सन्देश दिन्छ भन्दा हामी विद्यार्थिहरूको लगाव पुस्तकप्रति हुनुपर्दछ, साहित्यप्रति हुनुपर्दछ। विद्यार्थीको भौतिक शरीर पुस्तकसँगै नभएपनि उसको मन र मस्तिष्क जहिले पनि पुस्तकसँगै हुनुपर्दछ तब मात्र अनन्त ज्ञान हाँसील गर्न सकिन्छ।चिन्तन(मनन : अर्को हातमा माला देख्न सकिन्छ यसले हामीले सँधै चिन्तन गरिरहनुपर्छ भनेर सङ्केत गर्दछ। हामीले जुन ज्ञान आर्जन गरिरहेका छौँ, त्यसको लगातार मनन गर्नुपर्दछ।

अचल मस्तिष्क : सरस्वती देवीको दुई हातले विणाको वादन गरेको देख्न सकिन्छ विद्यार्थीले पुस्तकको ज्ञान मात्र होइन, सङ्गीत जस्तो ललित कलाप्रति पनि रुची राख्नुपर्दछ सङ्गीले हाम्रो मन, मुटु र मस्तिष्कलाई शुद्ध र अचल बनाउँदछ, शान्त बनाउँदछ साथै सुमधुर सङ्गीतले हाम्रो स्मरण शक्तिमा पनि सुधार ल्याउँदछ।एकान्त : चित्रमा सरस्वती देवी एकान्त नदी किनारमा बसेको देख्न सकिन्छ यसले के सन्देश प्रदान गर्छ भन्दा विद्या आर्जनको लागि कहिलेकाहिँ एकान्तको पनि आवश्यक पर्दछ एकान्तमा मात्रै हाम्रो मन एकाग्र हुन सक्दछ, तब मात्रै ज्ञानको मनन गर्न सकिन्छ।

शुभ-प्रभात : सरस्वतीको पछाडिपट्टि सूर्य उदाईरहेको पनि देख्न सकिन्छ। यसबाट के बुझ्न सकिन्छ भन्दा पढ्नको लागि सबैभन्दा उचित समय भनेको विहान हो।बुद्धि, रचना र विश्लेषण : सरस्वतीको अगाडि दुईवटा हाँस छन्। हाँस सरस्वतीको वहान हो र एक हाँस बुद्धिको प्रतिक हो भने अर्को हाँस रचनाको प्रतिक हो यसले के सङ्केत गर्दछ त भन्दा, हामी बुद्धिमानी मात्रै होइन हाम्रो बुद्धिलाई रचनात्मक र विश्लेषणात्मक ढङ्गले प्रस्तुत गर्नुपर्दछ।

नेपालमा सरस्वती पूजाः सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौँ उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन रहेको छ।

श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ जीवनलाई श्रृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ।काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी पञ्चमीलाई मानिन्छ।

यहाँबाट सेयर गर्नुहोस