Ultimate magazine theme for WordPress.

सल्यानमा यात्रुबाहक बस दुर्घटना : ८ जनाको मृत्यु

123

सल्यान : सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।

बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।