Ultimate magazine theme for WordPress.

अबको चुनावमा केपि र माधव रोज्नु पर्दा कस्को पक्ष लिनु फाईदा छ ? र किन ?

141

काठमाडौं

ओली र नेपालबीच सुरुवाती सम्बन्ध माधवकुमार नेपाल बिराटनगरको रानीस्थित एउटा बैंकमा लेखापाल हुनुहुन्थ्यो । वीरगञ्जमा कलेज पढ्दादेखि नै उहाँ वाम समर्थक हुनुहुँदोरहेछ । पछि बैंकको कर्मचारी हुँदा पनि उहाँमा अलिअलि राजनीतिक चासो भइरहेका कारण राजनीति वरिपरिका वाम समर्थकसँग

उहाँको सम्पर्क रहेछ । त्यही क्रममा हामी झापालीहरुको सम्पर्क माधव नेपालजीसँग भयो । २०२९ सालतिर ओलीजी र माधवजीको पहिलो भेट भयो । त्यतिबेला माधवजी बैंकको कर्मचारी र ओलीजी कम्युनिस्टको भूमिगत कार्यकर्ता हुनुहुन्थ्यो । त्यही चिनजान बाक्लिँदै गएपछि ओलीजी झण्डै १५÷२० दिन

माधवजीको घरमा भूमिगत पनि बस्नुभयो । त्यसपछि ओलीजी भारततिर जानुभयो । नैनीताल पुगेर नेपाल फर्किँदै गर्दा २०३० सालमा ओलीजी गिरफ्तार हुनुभयो । गिरफ्तार हुनुअघि ओलीजीलाई माधवजीले नै बसोबासको व्यवस्था मिलाउनुभएको थियो । रौतहटको गेष्ट हाउसबाट ओलीजी गिरफ्तार पर्नुभयो ।

यस हिसाबले पार्टीमा राजनीतिक रुपमा माधवजीको तुलनामा ओलीजी केहीअघि नै सक्रिय हुनुहुन्थ्यो । किनकि माधवजीसँग ओलीको पहिलो सम्पर्क हुँदा ओलीलाई झापामा रामनाथ दाहालसँगै वारेन्ट जारी भइसकेको थियो । रामनाथजी गिरफ्तार हुनुभयो भने ओलीजी भागेर बिराटनगर पुगेपछि माधवजीसँग पहिलो भेट भएको थियो ।

ओली गिरफ्तार हुनुअघि उहाँहरुबीच दोस्रो भेट भयो । ओली जेल परिसकेपछि पनि माधवकुमार नेपालले आफ्नो पहिचान लुकाएर ओलीजीसँग भेट गर्नुभएको थियो । त्यतिबेला माधवजी पनि पार्टीमा लागिसक्नुभएको थियो । ओली जेलबाट छुटिसकेपछि नै, मुख्यतः २०४५ सालपछि उहाँहरुबीचको सम्बन्ध थप निकट भएको हो
ओली र नेपालबीच सहकार्य पार्टीगत राजनीतिमा ओली र नेपालबीच सुरुआती दिनमा राम्रै सम्बन्ध थियो । एकले अर्कोलाई सघाउँदै जानेखालको सम्बन्ध देखिन्थ्यो । महाकाली सन्धि पास गर्नेबेलामा भने माधवजी र ओलीजीको राजनीतिकरुपमा ठ्याक्कै घाँटी जोडियो । उहाँहरु दुवैजना

लागेर महाकाली सन्धि पारित गराउनुभयो । त्यतिबेला एमालेको समर्थनबिना महाकाली सन्धि पारित हुन सक्ने अवस्था थिएन । शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई महाकाली सन्धि पारित गर्न संसदमा दुईतिहाई बहुमत चाहिन्थ्यो । त्यसैले सन्धि पारित गर्न एमालेको सहयोग अपरिहार्य थियो । माधवजी

एक्लैले पार्टीमा महाकाली सन्धिको समर्थन गराउन सक्ने अवस्था नभएपछि ओलीजीको साथ लिनुभयो । माधवजी र ओलीजी मिलेर पार्टीको तत्कालीन केन्द्रीय समितिमा एक भोटले गर्दा सन्धि पारित गर्नुपर्ने पक्षमा निर्णय गराउन सफल हुनुभयो । त्यतिबेला केन्द्रीय समितिका ३३ सदस्यमध्ये सन्धि पारित

गर्नुपर्छ भन्ने पक्षमा उहाँहरुले १७ मत ल्याउनुभयो । १६ जना केन्द्रीय सदस्य भने महाकाली सन्धि पारित गर्नु हुँदैन भन्ने पक्षमा उभिए । त्यसपछि उहाँहरुबीचको दोस्ती थप प्रगाढ भयो । मूलतः महाकाली सन्धि पारित गरेपछि नै ओलीजीको राजनीतिक गतिविधि पनि माथि उठेर आयो ।

आर्थिक रुपमा पनि ओलीजीको अवस्था महाकाली सन्धिपछि माथि उठेको हो । त्यसअघि उहाँ सार्वजनिक बसमा हिँड्नुहुन्थ्यो भने त्यसपछि प्लेन चढ्ने हैसियतमा पुग्नुभयो पार्टीभित्र आफूहरुसँग असहमत हुने पक्षलाई लखेट्न माधवजी र ओलीजी बराबर हुनुहुन्थ्यो । महाकाली सन्धिपछि दुबै मिलेर

नै महाकाली सन्धिको विपक्षमा रहेका हामी (माले पक्षधर) लाई लखेट्ने काम भयो । पहिला पनि सीपी मैनालीलाई लखेट्ने बेलामा माधवजी र झलनाथजी एकै ठाउँमा हुनुहुन्थ्यो, महाकाली सन्धिपछि फरक मत राख्नेहरुलाई लखेट्ने सवालमा ओलीजी र माधवजीको गठजोड भयो ।

मनमोहनजीहरुको कुरा बाहिरी देखाउनेमात्र हुन्थ्यो भने ओलीजी र माधवजीकै कारण त्योबेला एमाले विभाजन भएको थियो । त्योबेला पनि अहिलेको जस्तै अवस्था थियो । अहिले जसरी ओलीजीले माधव नेपाल पक्षमाथि दमन गरिरहनुभएको छ, त्योबेलामा महाकाली सन्धिको विपक्षमा रहेका हामीमाथि

पार्टीभित्र यस्तै दमन थियो । त्यसपछि बाध्य भएर हामीले नेकपा (माले) बनाएका थियौं । अहिले पनि माधवजीले आफूखुशी अर्को पार्टी बनाउन गइरहेका होइनन्, बाध्यताले हो । हामीले पनि त्योबेला यस्तै बाध्यताका कारण अर्को दल बनाउनुपरेको थियो । त्यो बेलासम्म ओलीजी र माधवजीको नङ–मासुजस्तै सम्बन्ध थियो