Ultimate magazine theme for WordPress.

मलाई से’क्सी आँखा भएको पुरुष धेरै मन पर्छ

168

यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ शेरधन राईसित छोरी समानकी युवतीको चर्चाले । पक्ष बिपक्षहरुमा टिका टिप्पनी भईरहेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकी मिस मंगोल २०१८ की विजेता जाङ्मु शेर्पाको अहिले चर्चा छ । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २९ वर्ष छ ।

मुख्यमन्त्री राईले मिस मंगोल तथा मोडलिङ क्षेत्रमा लागेकी युवतीसँग विवाह गर्ने तयारी गर्नु तथा दुई जनाबीचको उमेर अन्तर धेरै नै फरक पर्नु चर्चाको कारक तत्व हो । सिलिचुङ टिभी युट्युबमा हालै राखिएको एउटा पुरानो अन्तर्वार्तामा जाङ्मुले आफ्नो श्रीमान्को योग्यता बारे बोलेकी छन् ।

उनलाई टिपटप जेन्टल आफ्नो करियरलाई ध्यान दिने र सेक्सी आँखा भएको पुरुष अरु भन्दा धेरै मन पर्छ । उनले भनेकी छन् टिपटप जेन्टल, आफ्नो करियरप्रति फोकस भएको केटा मन पर्छ । र आँखा सेक्सी भएको मन पर्छ । कस्तो आँखालाई सेक्सी भन्ने भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनेकी छन् हेर्दाखेरि ठ्याक्कै थाहा पाइहालिन्छ नि सेक्सी आँखा भएको र नभएको त । यो अन्तर्वार्ता सन् २०१८ मा लिइएको थियो ।

जतिबेला उनले भर्खर मात्र मिस मंगोलको ताज पहिरिएकी थिइन् । उनलाई तिमीलाई चलचित्रमा खेलाउँछु तर मसँग घुम्न जानुपर्छ भन्ने प्रस्ताव आयो भन्ने प्रश्न पनि गरिएको छ । उत्तरमा उनले त्यस्तो प्रस्ताव पनि आएको तर आफूले अस्वीकार गरेको बताएकी छन् । अन्तर्वार्तामा प्रेम प्रस्ताव र सम्बन्धकाबारे पनि प्रश्न सोधिएको छ ।

उनले स्कुल पढ्दाखेरि नै प्रेम प्रस्ताव आएको तर आफूले स्वीकार नगरेको बताएकी छन् । संंखुवासभामा जन्मिएर काठमाडौंमै हुर्किएकी जाङ्मुले आफूलाई मन पर्ने ठाउँ दुबई रहेको बताएकी छन् । उनले आफूले विवाह गरेपछि हनिमुन मनाउन पनि दुबई नै जाने समेत बताएकी छन् ।

आफ्नो प्रेमीलाई साथमा लिएर घुम्न जान मन लागेको ठाउँ कुन हो भन्ने प्रश्नमा उनले भनेकी छन् । शेर्पा किदुक दुबईले कार्यक्रम गरेको बेला मलाई दुबई लानुभएको थियो ।