Ultimate magazine theme for WordPress.

विद्या भण्डारीकै लाइनमा रामकुमारी झाँक्री, उनले पाउने मन्त्रालयको पनि लाग्यो टुंगो !

77

नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेको लिस्टसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । मन्त्री बन्नेमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ रहेका छन् ।

भोलि सपथ लिइरहेका मन्त्रीहरु मध्येबाट सबैभन्दा शक्तिशाली मन्त्रालय रामकुमारी झाँक्रीलाई परेको छ । रामकुमारी झाँक्रीलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइने तयारी भएको स्रोतले बतायो ।

यतिबेला मन्त्री बन्नेलाई बधाइको ओइरो लागेको छ । रक्षाको जिम्मा सम्हाल्दै गरेकी मन्त्री झाँक्रीले जीवनको कठिन मोडमा पुगेको प्रतिक्रिया दिइकी छन् ।
आफूलाई यति ठूलो जिम्मेवारी सुम्पिएकोमा पार्टीलाई बधाइ ज्ञापन गरेकी छन् ।

झाँक्री विद्यार्थी आन्दोलनदेखि उदाएकी हुन् । उनले छोटो उमेरमा नेपाली इतिहासमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै छिन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि रक्षामन्त्रीबाटै राष्ट्रप्रमुखको हैसियतसम्म आउने अवसर पाएकी थिईन् ।

यता, अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।

नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन ।

ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ । आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो