Ultimate magazine theme for WordPress.

धमला पत्नी एलिजाले एस्तो फोटोशुट गरेपछि धमलाको होस उड्यो, हेरौं तस्बिरहरु

333

काठमाडौ। चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो।

एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी सोख थियो। पढाइमा भने उनले कहिल्यै त्यत्ति राम्रो अंक ल्याउन सकिनन्। घरमा उनले जितेका पुरस्कार र मेडलहरू अनगिन्ती छन्, तर त्यसमा पढाइको तर्फबाट पाएको भने एउटै छैनन् । सबै नाचगानको मात्र हुन्।

भविष्यमा के बन्ने भन्ने पूर्णरूपमा आकार कोरिसकेकी थिइनन् उनले। तर, एउटा कुरा चाहिँ उनको दिमागमा बसेको थियो, ‘हिरोइन बन्छु’। रंगीचंगी सपना देख्ने एलिजाको मनलाई घरको वातावरण र बाबुआमाको व्यवहारले काँच्चै खाइदिन्थ्यो।

केटा साथी बनाउनसमेत डर लाग्ने परिवारमा ‘हिरोइन बन्छु’ भनेर भन्नु भनेको आफ्नै खुट्टामा वञ्चरो हान्नुजस्तै लाग्थ्यो एलिजालाई। बुबाआमाले भनेको कुरा जे पनि मानिहाल्ने छवि भएको कारण पनि उनले आफ्ना रंगीन सपनाबारे बुबाआमालाई भन्ने आँट गर्न सकिनन्। तर सपना देख्न भने छोडिनन् उनले।

एक चियापान कार्यक्रममा उनकी आमाले एलिजालाई पनि सँगै लिएर गइन्। एलिजालाई थाहा थिएन त्यो भेटले उनको जीवन नै परिवर्र्तन हुँदै छ भनेर। अक्सर जिन्दगीमा केही सामान्य घटनाले पनि जीवनलाई पूर्णरूपमा मोडिदिन्छन्।

सोही कार्यक्रममा एलिजाको जीवनमा पनि त्यस्तै भयो। उनलाई पत्रकार ऋषि धमलासँग भेट गराइदिइन् । सायद एलिजाको विवाहको कुरा मिलाउन नै तयार गरिएको भेट थियो त्यो । त्यो भेटको एक हप्तामै उनको पत्रकार धमलासँग इन्गेजमेन्ट भयो।

उनले एसएलसी दिनेबित्तिकै त्यो १८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन्। त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन्। फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्न बनेकी छन् भने, सामाजिक संजालमा पनि निकै सक्रिय बनेकी छन्।

पछिल्लो समय पनि उनी पोखरा पुगेर पहेलो ड्रेसमा सजिएर फोटोशुट गरेकी छन्। जहाँ उनी निकै खुलेकी छन् भने निकै सुन्दर पनि देखिएकी छन्। उनका ती तस्बिर भाइरल नै बनेका छन्। सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ।