Ultimate magazine theme for WordPress.

छ्या भिनाजु के गर्नुभएको यस्तो !! म निथ्रुक्कै भिजिसकेकी छु, भो अब… पुरा पढ्नुहोस

3,779

हैन लोग्ने मान्छेको जात पनि कस्तो हुँदो र’ छ तरुनी हेर्दै मख्ख पर्ने । तरुनी भनेपछि धन देख्दा महादेवको तीन नेत्र भनेजस्तै हुन्छ ।

मन पनि कस्तो हो कुन्नि † बाटो हिँड्दा होस् कि कुनै यात्रामा होस्, यी मर्दहरू केवल तरुनीकै चक्करमा हुन्छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर । हैन, घरमा स्वास्नी नहुनेले त यताउता आँखा लगायो, लगायो, स्वास्नी हुनेले चाहिँ के खोजेका हुन् कुन्नि ?’

सावित्री घरमा एक्लै हुँदा सधैजसो यस्तै सोच्न थालेकी छे । सावित्रीले पुरुषलाई कयौंपटक नजिकबाट जान्ने मौका पाएकी थिई । त्यसैले ऊ श्रीमान्को चर्तिकलामा नजर लगाउन चाहन्थी । हिजोआज कुमोदमा परिवर्तनहरू पनि देखा परेका थिए । ऊ यस्तै ठान्थी । त्यसैले ऊ आफ्नो श्रीमान् अर्थात् कुमोदलाई दोषी झैं हेर्थी ।

सावित्रीलाई भित्र्याएको दिन कुमोदले भनेको थियो, ‘हेर सावित्री मेरा पछिल्ला दिनहरू कोट्याउँदिन किनभने बितिसकेका कुराले केही हुँदैन । बेकारमा सब टेन्सन मात्र हुन्छ । म पनि तिम्रो विगत कोट्याउँदिन ।’

त्यतिबेला सावित्री झसङ्ग भएकी थिई । कुनै अज्ञात भयको हावाले छोएर गएजस्तै भएको थियो । किनभने उसको अतीत अमिलो थियो । फेरि पनि उसले मन थाम्दै मुसुक्क हाँसेकी थिई। सावित्रीले विवाह हुनुपूर्व नै पुरुषलाई नजिकैबाट जान्ने, बुझ्ने मौका पाएकी थिई । कलेज पढ्दा उसलाई कसैले दिनहुँ चियाएर एकनासले हेरिरहेको हुन्थ्यो । धेरै दिनको हेराइपछि त्यो केटोले सावित्रीलाई प्रेम प्रस्ताव राखेको थियो ।

सावित्रीले पनि उमेरको उन्मादमा सही–गलत छुट्याउन नसक्दा पनि उसको प्रस्ताव स्वीकार गरेकी थिई । लामो समयसम्म प्रेम सम्बन्ध सुमधुर रह्यो । एकदिन अचानक त्यो केटासँग अर्कै केटी छातीमा टाँसिएर बसेको देखी ।सावित्री त्यो देखेर आगो भए पनि ऊ सरासर घरतिर लागी । कस्ताकस्ता विचार पोख्ने त्यस पुरुषको बचन सम्झी । त्यसका बाचा–कसम अनि रसिला भावनाहरू सब निरर्थक लाग्यो उसलाई । यसरी उसले लोग्नेमान्छे चिनेकी थिई, बुझेकी थिई, भोगेकी थिई । समाज पनि पुरुषत्वको नै छ, सावित्री सोच्थी ।

के पुरुषहरू सबै यस्तै हुन्छन् ? कहिलेकाहीँ ऊ आफ्नो लोग्नेको हाउभाउमाथि पनि शंका गर्थी । ‘अफिसमा पनि महलिा कर्मचारी छन् नै होला । कतै त्यतैतिर लहसिएको त छैन मेरो कुमोद †’ श्रीमान् कहिलेकाहीँ अफिसबाट अबेला गरी आउँदा पनि सशंकित हुन्थी । छटपटी हुन्थ्यो उसलाई । भान्सामा काम गर्दा पनि उसको मन उतैतिर हुन्थ्यो । आत्तिएको मन लिएर घरिघरि आँखा बाटातिर तेर्सिन्थे । घरको मूलढोकामा बत्तीको उज्यालोमा हेरिरहन्थी ।