Ultimate magazine theme for WordPress.

रङ्गसंग दङ्ग: निखिल र संचिता परिवारको होलि (तस्वीर सहित)

235

ईटहरी/ कोरोना कहरका कारण यसपटकको होलि पनि खल्लो भएको छ । आज पहाडी भेगमा होलि मनाईदैछ । जनजीवन सामान्य बन्दै गैइरहेको भएपनी कोरोना फैलिएको एक वर्ष पुगेपछि यसको असर फेरि देखिन थालेको छ । काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ । तराईमा भोलिमात्रै होली मनाइन्छ । नेपालिहरुले घरमै रहेर परिवार संग होलि मनाएका छन् ।

यता नेपाली सेलिब्रेटिहरुले पनि आफ्नो परिवारका सदस्यहरु संगै बसेर खुसी साट्दै होलि मनाईरहेका छन् । नायिका संचिता लुइँटेल र उनका श्रीमान निखिल उप्रेतीले पनि आफ्नो घरमै रहेर होलि मनाएका छन् । लुइँटेलले सामाजिक संजाल फेसबुकमा केही तस्वीर सार्बजनिक गरेकी छन् । जहाँ आफ्ना दुई सन्तान, बहिनी सिवानी सहित निखिल र संचिता आफ्नै घरको छतमा रङ्गहरु संग रमाईरहेको देख्न सकिन्छ ।