Ultimate magazine theme for WordPress.

सबैले सोध्छन् तपाईं किन सिंगल- निरुता सिंह (फोटो फिचर)

266

अभिनेत्री निरुता सिंहका पछिल्ला केही समय पहीला घोर निराशामा बिते। डेंगीले थलिएकी उनी हरेक दिन सोच्थिन् रे, ‘रोगैले म-र्छु, म’रिनँ भने पनि सु-साइड गर्छु।’एक महिना अस्पताल र तीन महिना घरमा आरामपछि तंग्रेकी निरुतासँग गत साता वीरगञ्जमा भेट भयो। यही ठाउँमा १५ वर्षअघि निरुता भोजपुरी सिनेमाको ‘कब होई मिलनवा हमार’ छायांकनका लागि आएकी थिइन्। test1

अचेल मुम्बई बस्दै आएकी उनी अभिनय वा कुनै कार्यक्रमको सन्दर्भ मिलाएर नेपाल आउँछिन्। यसपटक ‘नेपाली चलचित्रको स्वर्णिम महोत्सव’मा सहभागी हुन बलिउड अभिनेता गोविन्दासँगै वीरगञ्ज आइपुगेकी थिइन्।

यहाँ दर्जनौं कलाकार, दर्शक र प्रशंसकसँगको भेट उनलाई रोगको शारीरिक र मानसिक पी’डा भुलाउने बहाना बनेको थियो। तीन दिने महोत्सवमा कहिले स्टेजमा नाचेर, कहिले अन्तर्वार्ता दिएर त कहिले सेल्फी खिच्न चाहने प्रशंसक भेटेर रमाइरहेकी थिइन्। ‘वीरगञ्ज आएर बिरामी हुँदाको पी’डा भुल्दैछु। पुनर्जीवन पाएको महशुस भइरहेछ,’ महोत्सवकै माहोलमा उनीसँग नयाँ–पुराना कुरा भए।
‘तन भारतमा, मन नेपाल’मा भएको बताउने उनी नेपाली सिनेमाकी सफल र रुचाइएकी नायिका हुन्।

उनी अभिनित ‘दर्पणछायाँ’ (२०५७) ले माओवादी द्व’न्द्व प्रभावित फिल्म बजारमा ठूलो राहत दियो। तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’बाट स्थापित निरुतालाई घिमिरेद्वारा निर्देशित ‘दर्पणछायाँ’ले सफलताको उत्कर्षमा पुर्‍याइदियो। त्यस बेलाका धेरै फिल्ममा उनको उपस्थिति अनिवार्यजस्तै थियो। उनी एक दशक बढी समय पहिलो नम्बरमा टिक्ने सफल अभिनेत्री हुन्।
निरुता सिंह।

२०६४ सालमा इन्टेरियर डिजाइनिङ सिक्न भनेर मुम्बई हानिएकी उनको पहिलो चरणको सिनेमा यात्राले विश्राम लियो। पुरानो सन्दर्भ सुनाउँदै भनिन्, ‘इन्टेरियर डिजाइनिङ सिक्ने र मुम्बई फिल्म क्षेत्रसँग नजिक भई काम सिक्ने सोच बोकेर गएकी थिएँ।’ इन्टेरियर डिजाइनिङको कोर्स पूरा नगरे पनि उनी मुम्बई फिल्म क्षेत्रसँग जोडिइन्। हाल उनी वाइस्टार प्रोडक्सन हाउसमा सल्लाहकार छिन्।
‘वाइस्टारले हिन्दी र स्थानीय भाषामा छोटा फिल्म र वेब सिरिज बनाउँछ। हाल मलाई हनुमान चालिसाबारे एनिमेसन मुभी निर्देशन गर्ने प्रस्ताव आएको छ,’ उनले मुम्बईको कामबारे सुनाइन्।

नयाँ कुरा सिक्ने उद्देश्यसहित मुम्बई पुगेकी निरुता जहाँ पुगे पनि सिनेमा क्षेत्रबाट टाढा हुन सक्दिनन् रे। यसअघि उनी मुम्बईको हार्मोनी प्रोडक्सन हाउससँग काम गरेकी थिइन्। मुम्बई जानु कला क्षेत्रबाट पलायन नभएर विश्राम थियो। त्यसैले त्यहाँ उनले फेरि शून्यबाट काम गर्न चाहिनन्। बरु मुम्बईका नेपाली समुदायबीच अझै पनि ‘नेपाली स्टार’को परिचय बोकेरै रमाइरहेकी छिन्।

‘मुम्बईका नेपालीहरूमा अझै पनि ‘ओहो निरुताजी, नेपालको स्टार’ भनेर प्रशंसा गर्नेहरू भेटिन्छन्,’ उनले भनिन्, ‘नेपालमा पाएको सफलता नै धेरै थियो। उचाइमा पुगिसकेकोले बलिउड गएर फेरि शून्यबाट सं’घर्ष गर्न चाहिनँ।’ मुम्बई प्रस्थान निरुताका लागि जो’खिमपूर्ण ‘विश्राम’ थियो। जाने बेला ‘दर्पणछायाँ’पछि फस्टाएको फिल्म बजार खस्किन थालिसकेको थियो।
गु’नासो पोखिन्, ‘अब राम्रो होला, तब राम्रो होला भन्दा त झन्झन् बिग्रियो। अझै काम गर्दा माथि जाने ठाउँ देखिनँ, तल झर्छु जस्तो लाग्यो।’

उनलाई नेपाली फिल्म उद्योग अब फेरि माथि उठ्दैन कि भन्ने चिन्ता थियो। त्यस बेला फिल्मलाई मजाक मान्नेको संख्या बढेकाले माहोल बिग्रेको उनको तर्क छ। आफूले गर्ने काम र क्षेत्रको इज्जत गर्नुपर्छ भन्ने निरुताले त्यो बेलाको माहोल सम्झिइन्, ‘पैसा खर्च गरे जसले पनि फिल्म बनाउन सकिन्छ, जो पनि हिरोहिरोइन बन्न सकिन्छ भन्ने सोच हाबी थियो।’

‘सिनेमालाई अय्यासीको अखडाजस्तो बनाउनु त भएन नि। यति सानो उद्योग, यो पवित्र ठाउँमा हावाको एटिच्युड किन देखाउने,’ उनले थपिन्।यस्तो मनस्थितिमा मुम्बई गएकी उनलाई नेपाली सिनेमामा फेरि जोडिन झन्डै एक दशक लाग्यो।

यो एक दशक कसरी बित्यो त?
‘मसँग एउटा ह्यान्डी क्याम थियो। सुटिङमा जाँदा पर्दा पछाडिका दृश्य खिचेर राख्थेँ। मुम्बईमा त्यही भिडिओ हेरेर कहिले रोएँ, कहिले हाँसे।’ पछिल्लो दशकमा नेपाली फिल्म क्षेत्रमा केही सकारात्मक परिवर्तन आएका छन्। व्यावसायिक र गुणस्तर दुवै हिसाबले राम्रा र सफल फिल्म पनि बन्न थालेका छन्।

यो परिवर्तनबारे चासो राख्ने निरुताले भनिन्, ‘नेपाली फिल्म उद्योग मैले पूजा गर्ने ठाउँ हो। मैले जेजति पाएँ, यहीँबाट पाएँ। यसको प्रगति देखेर निकै खुसी छु।’ निरुता डिजिटल प्रविधिले ल्याएको सहजता र नयाँ पुस्ताको नवीन सोचलाई सकारात्मक परिवर्तनको मुख्य आधार मान्छिन्। यस्तै सुधार देखेर होला, फेरि सक्रिय बन्ने कोशिशमा छिन्।

चार वर्षअघि विकास आचार्य निर्देशित ‘नाइ नभन्नु ल ५’ मा छोटो भूमिकामा देखिएयता उनी ‘दाल भात तरकारी’, ‘क्याप्टेन’मा देखिइन्। ‘दाल भात तरकारी’ को डबिङकै बेलादेखि