Ultimate magazine theme for WordPress.

मोबाइलमा सपनाको गोप्य तस्वीरहरु भेटिएपछि विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

143

काठमाडौं । समाजसेवी सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

स्रोतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।