Ultimate magazine theme for WordPress.

यसो गर्नुहोस् ! पानले नै चम्काउन सक्छ भाग्य पूरा पडेर ॐ लेखी शेर गर्नुहोस

116

हरेक व्यक्तिहरु जीवनमा सफलता हाँसिल गर्नका लागि धेरै मेहेनत र परिश्रम गर्ने गर्छन।यसका साथै उनीहरु आफ्ना कूल देवता वा अन्य देवताहरुको विधिवत पूजा समेत गर्ने गर्छन। वास्तु शास्त्रका अनुसार ,यदि तपाई कुनै खास कामको लागि बाहिर निस्किनु अघि केही उपाय अपनाउनु भएमा आफूले सोचेको काममा छिटै सफलता मिल्न सक्छ। आज हामी तपाईहरुलाई वास्तु शास्त्रमा उल्लेख गरिएको यस्तो एउटा उपायबारे जानकारी गराऊँन जाँदै छौँ जसले तपाईको जिवन उज्ज्वल बनाउन सहयोग पुर्याऊँछ।

हामी तपाईलाई पानको पातले जीवनमा पुर्याउने सकारात्मक प्रभावको बारेमा बताउन जाँदै छौँ। यसलाई सही तरिकाले प्रयोग गर्दा जीवनमा ठूलो सफलता मिल्ने गर्छ।

१. मनकामना पूर्ण गर्नका लागि : अन्य देवताको तुलनामा भगवान शिव छिटो प्रसन्न हुने मान्यता रहेको छ। सोमबारको दिन शिवजीको पूजा गर्दा अनिवार्य रुपमा पानको पात चढाउनु आवश्यक हुन्छ। यसरी पूजामा पानको पात चढाउदा शिवजी सजिलै प्रसन्न हुने र मागे अनुसार वर दिने र प्रसश्त धन आर्जन गर्ने अवसर मिल्नुको साथै जीवनमा ठूलो सफलता मिल्ने गर्छ।

२. कसैको खराब दृष्टिबाट मुक्ति पाउन : यदि तपाईलाई कुनै व्यक्तिले खराब दृष्टिले हेर्ने गरेको छ भने कुनै उपाय लगाएर ७ वटा पानको पात खुवाउने कोशिस गर्नुहोस। यसो गर्दा तपाईले यो समस्याबाट सजिलै छुटकारा पाउन सक्नुहुन्छ।

३. व्यापारमा सफलता प्राप्त गर्न : यदि तपाई व्यापार व्यवासयमा लगातार घाटा लगेर चिन्तीत हुनुहुन्छ भने शनिवारको दिन ५ वटा पिपलको पात र ८ वटा पानको पात धागोमा उनेर आफ्नो पसल वा कार्यालयको पूर्व दिशामा बाँधनुहोस्। यसो गर्दा तपाईले व्यापार व्यवसायबाट सोचे भन्दा बढी धन आर्जन गर्न सक्नुहुनेछ।

४. आफ्ना हरेक काममा सफलता प्राप्त गर्न : यदि तपाईले कुनै महत्वपूर्ण कार्यका लागि घरबाट बाहिर निस्किनु भन्दा अघि पानको पात पर्स वा गोजीमा राखेर निस्किनु भएमा तपाईको सम्पूर्ण कार्य निर्धारित समयमा नै समापन हुने र व्यापार वा नोकरीमा ठूलो लाभ मिल्ने गर्छ