Ultimate magazine theme for WordPress.

अब भारतले ल्याइदिएको संघीयता खारेज गर्ने पालो

73

बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको उनले बताए ।

शनिबार बुटवलमा आयोजित कार्यक्रममा केसीले नेपालको लागि संघीयता घाँडो भएको बताउदै प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई अधिकार सम्पन्न नगराएसम्म देशले निकास पाउन नसक्ने दाबी गरे। संघीयता र प्रतिनिधिसभा विघटनले देश झनै संकटमा परेको अध्यक्ष केसीको भनाइ छ।

केसीले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको दावी गर्दै अहिलेको समस्याको निकास भनेकै प्रतिनिधिसभा पुनर्स्थापना भएको प्रस्ट पारे ।

प्रतिनिधिसभा पुर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने उनले बताए । २०४७ सालको संविधानले प्रनिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि संविधानसभाबाट बनाइएको संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको केसीको भनाइ छ ।

संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम निरंकुश र अलोकतान्त्रिक भएको उनले बताए । सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा अर्को कुन शक्तिले त्यो अधिकार प्रधानमन्त्रीलाई दियो भन्ने प्रश्नसमेत उनले गरे ।

‘ओलीलाई अर्को कुन शक्तिले दियो संसद विघटन गर्ने अधिकार’ उनले प्रश्न गरे। संसद पुनर्स्थापना हुनेनहुने निश्चित नभएको उल्लेख गर्दै उनले अदालत र निर्वाचन आयोग सरकारको दबाबमा परेको बताए। प्रधानमन्त्री ओली र कांगे्रस सभापति शेरबहादुर देउवा लेनदेन र भ्रष्टाचारमा सँगसँगै भएकाले देउवाले चुनावको पक्षमा अभिमत दिएको बताए।

भारतले नेपालमा अस्थिरता चाहेकोले संघीयता भित्राएको उनले बताए। महेन्द्रनगरदेखि काँकडभित्तासम्मको भू–भागलाई पहाडबाट तराई अलग गराउने गोप्य भूमिका भारतकै भएको अध्यक्ष केसीको भनाइ छ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले सत्ता र शक्तिका लागि केही दलका नेताहरू भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको बताए। नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको पनि केसीले बताए। केसीले अहिलेको निकास प्रतिनिधिसभा पुनर्स्थापना भएको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने बताए।