हार्दिक बधाई !!! ओली एसियाकै प्रभावशाली र दूरदर्शी नेता अवा बुर्ड बाट सम्मानित एसिया प्रशान्त क्षेत्रमा ‘व्यवस्थापन विकास’मा सक्रिय भनिएका संस्थाहरू आबद्ध रहेको एउटा क्षेत्रीय स्तरको संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको सम्मानबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी जारी छन्।
विशेषगरी फेसबुक र ट्विटरमा कतिपय प्रयोगकर्ताहरूले उनलाई ‘दूरद्रष्टा तथा राष्ट्रनिर्माता’ भनिएकोमा व्यङ्ग्यात्मक टिप्पणीहरू गरिरहेका छन्। केहीले भने अघोषित भारतीय नाकाबन्दीका बेला उनले लिएको अडानको उदाहरण दिँदै सम्मानको बचाउ गर्दै ओलीको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
सरकारी सञ्चारमाध्यमहरूले पनि ओलीले पाएको सम्मानलाई प्रमुखताका साथ प्रचारप्रसार गरेका थिए। ओलीले यसअघि पनि विभिन्न स्थानमा लिएका मानार्थ विद्यावारिधि र सम्मानहरूको आलोचना हुने गरेको