Ultimate magazine theme for WordPress.

गाई मारेको अभियोगमा दुई पक्राउ भएका छन् ! पूरा पढ्नुहोस् ;

95

बाँके, ७ फागुन । जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका–२ बाट जंगली जनावर निल गाई मारेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरू ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ रहेका छन् । जंगली जनावर निल गाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासु सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । हाल फरार रहेका अर्का एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******