Ultimate magazine theme for WordPress.

नि’द्रा नलागे के गर्ने

179

निद्रा लाग्नका लागि तपाईंले आफ्नो विगतलाई सम्झन सक्नुहुन्छ । सुत्ने समय त्यस्ता पुराना दिनको याद गर्न सक्नुहुन्छ, जसले तपाईंलाई रो’माञ्चित बनाउँछ । निद्राका लागि कोठाको वातावरण शान्त रहन पनि जरुरी हुन्छ । त्यसका लागि तपाईंले बेडरुममा भएका सेलफोन, कम्प्युटर, ट्याब्लेड, टिभीका स्क्रिनबाट निस्कने लाइट बन्द गर्न सक्नुहुन्छ

यदि तपाईंलाई सडकको हल्ला, सवारीसाधनको आवाजले बाधा पुर्‍याउने गरेको छ भने यसको विकल्पबारे पनि सोच्न सक्नुहुन्छ । यस्ता स’मस्याबाट छुटकारा पाउनका लागि सुत्ने समय आफूलाई मन पर्ने म्युजिक सुन्न सक्नुहुन्छ । जसले तपाईंलाई आराम प्रदान गर्नुका साथै निदाउन सहयोग पुर्याउँछ ।

यदि प्रत्येक रात निद्राका लागि संघर्ष गर्न बाध्य हुनुहुन्छ भने ओछ्यान पुग्नुभन्दा पहिले चेरीको जुस पिउने गरेमा निद्रा लाग्न सक्छ । विभिन्न अ’नुसन्धानका अनुसार चेरीमा मेलाटोनिक तत्व हुन्छ, जसले मानिसलाई निदाउन मद्दत गर्छ । कतिपयलाई विभिन्न एलर्जीका कार’ण पनि निद्रामा बाधा उत्पन्न गर्छ । कहिलेकाहीँ गर्मी वा अन्य वातावरणीय कारणले पनि निद्रा नलाग्न सक्छ ।

यदि यस्तो हो भने कागती काटेर ओ’छ्यानको छेउमा राख्न सक्नुहुन्छ । यसो गर्दा कोठालाई सु’गन्धयुक्त बनाउनुका साथै स्वस्थ श्वासप्रश्वासका लागि पनि भूमिका खेल्छ । जसले आरामदायी निद्रा लाग्न सहयोग पुर्‍याउँछ । न्युज लय बाट।