काठमाडैं । विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेकी छिन् ।कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्श्री-मतीको रुपमा आफ्नो घरसम्म पनि पुग्न सकेनन् यो विवाह कुवेतमा अहिले सम्मकै इतिहासमा सबैभन्दा छोटो विवाह भएको बताइएको छ ।विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्ट हाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह तोडेकी थिइन् ।कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन् । लडेपछि बेहुलाले उनलाई ‘स्टुपिड’ अर्थात् मूर्ख भनेर बोलाएका थिए ।‘क्यू एट न्यूज’ का अनुसार बेहुलाले आफूलाई मूर्ख भनेपछि बेहुली एकदम रिसाएर जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग गरेकी थिइन् ।जजले पनि उनको मागलाई सम्बोधन गरे । ती जोडीको विवाह दर्ता गराएका जजले नै तीन मिनेटपछि उनीहरूको सम्बन्धविच्छेद गराए । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.