Ultimate magazine theme for WordPress.

बिनयजंग बस्नेत पक्राउ, १० वर्ष जेल हुने पक्का, सपनाले पाइन न्याय (भिडियो)

1,690

(भिडियो समचारको अन्त्यमा राखिएको छ, हेर्नुहोस।)

यो पनि पढ्नुहोस: त्रिपुराका मुख्यमन्त्रीको दाबीः नेपालमा भाजपाको सरकार बनाउने अमित साहको योजना

त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपाल र श्रीलङ्कामा भारतीय जनता पार्टी (भाजपा) को सरकार बनाउने अमित साहको योजना रहेको खुलासा गरेका छन्।

इस्ट मोजोमा प्रकाशित रिपोर्टका अनुसार शनिबार त्रिपुराको भ्रमणका क्रममा रवीन्द्र शतवार्षिकी भवनमा आयोजित पार्टी कार्यक्रममा साहले सो कुरा बताएको देवले दाबी गरेका हुन्।

देवका अनुसार भारतका सबै राज्यमा भाजपाको सरकार बनाएपछि छिमेकी राष्ट्रमा पनि भाजपा सरकार बनाउने साहको योजना रहेको छ।

‘हामी राज्यको गेस्ट हाउसमा छलफल गरिरहँदा भाजपाको उत्तरपूर्वी जोनल सेक्रेटरी अजय जमवालले भाजपाले भारतको धेरै राज्यमा सरकार बनाएको जिकिर गरेका थिए।

जवाफमा साहले अब श्रीलङ्का र नेपाल बाँकी भएको बताउनुभयो। हामीले नेपाल र श्रीलङ्कमा पनि पार्टी विस्तार गर्नुपर्छ,’ देवलाई उद्धृत गर्दै इस्ट मोजोले लेखेको छ।

अमित साहको नेतृत्वमा भाजपाले कम्युनिस्टको रेकर्ड तोड्दै विश्वकै सबैभन्दा ठूलो पार्टी बनेको उनको दाबी थियो।

विपक्षी दलहरुले भाजपाको केन्द्रीय नेतृत्वसँग मुख्यमन्त्रीको विवादास्पद सार्वजनिक अभिव्यक्तिबारे स्पष्टिकरण माग गरेका छन्।

सीपीआई (एम) का नेता जितेन्द्र चौधरीले मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रको कुनै ज्ञान नभएको बताए। देवले दाबी गरे अनुसार अमित साहको भनाइ सत्य हो भने त्यो बाह्य मुलुकमा भारतको हस्तक्षेप हुने जिकिर उनले गरे।

चौधरीले गृहमन्त्री साह नेपालविरुद्ध राज्यद्वारा सञ्चालित षड्यन्त्रमा संलग्न रहेको पनि आरोप लगाए र यसको प्रमाण संवैधानिक पद धारण गरेको व्यक्तिले नै दिएको बताए।

उनले देवको भनाइलाई हल्का ढंगले लिन नसकिने बताउँदै यस विषयमा भाजपाको शीर्ष नेतृत्व र प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिनुपर्ने माग गरे।

त्रिपुरा कंग्रेसका उपाध्यक्ष तपश देले अमित साहको भनाइ ‘साम्राज्यवादी’ भएको जिकिर गर्दै त्यसविरुद्ध भारतले लामो समय लडेको बताए। उनले भारतले नेपाल र श्रीलङ्काको सार्वभौम मुद्दामा हस्तक्षेप गर्न नमिल्ने बताए।

हेर्नुहोस समचारको यो भिडियो: