Ultimate magazine theme for WordPress.

म गर्भवती बन्न चाहान्छु तर बच्चा आफू सग राख्न चाहान्न

223

पछिल्लो १० बर्षदेखि म बच्चालाई आफ्नो पेटमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु । तर, म बच्चा सँधैका लागि आफूसँग राख्न चाहान्न न त म आमा नै बन्न चाहान्छु । यसै कारणले मैले सेरोगेट मदर बन्ने निर्णय लिएँ जसकारण प्रसुतीपछि मलाई बच्चा मसँगै राख्न नपरोस् । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो ।

म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ् । म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरो शरीरभित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो गर्भभित्र कसरी हुर्काउन सक्छु रु म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु महशुस गर्न चाहन्छु । मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । म आफ्नो शरीरभित्र रहेको बच्चाको हलचललाई महशुस गर्न चाहान्छु ।

मैले सेरोगेसीका बारेमा फिल्ममा हेरेँ र इन्टरनेटमा यसबारे पढेँ । त्यसपछि मलाई लाग्यो ‘म यही गर्न चाहान्छु । म एक लामो सम्बन्धमा रहे । म जस्तै मेरो पूर्वप्रेमी पनि बच्चा चाहँदैन थिए सेरोगेसीमा मेरो जति उनको लगाव थिएन । उसले कहिल्यै बुझेन म आफ्नो स्वास्थ्यलाई खतरामा राखेर किन गर्भवती हुन चाहान्छु, त्यो पनि यस्तो बच्चाको लागि जो मेरो हुँदै होइन ।