Ultimate magazine theme for WordPress.

रवी लामिछानेले हजारौं युवालाई ठगी गरेको आरोप

112

न्यूज २४ टेलिभिजनवाट भर्खरै विदा लिएका चर्चित टेलीभिजन प्रस्तोता रवी लामिछाने विरुद्ध ठगीको आरोप लागेको छ। लामिछानेले न्यूज २४ टेलिभिजनबाट ‘रियालिटी शो’ ‘द लिडर’ प्रशारण गर्ने भन्दै सहभागिवाट रकम असुल गरी कार्यक्रम सञ्चालन नगरेको आरोप छ । शोमा सहभागि हुन आवेदन दिएका काठमाण्डौंकै एक सहभागिले लामिछानेले हजारौं युवालाई ठगी गरेको आरोप लगाए।

प्रधानमन्त्री र प्रधानन्यायाधिस समेत भईसकेका ब्यक्तिलाई अगाडि सारेर यस्तो काम गर्नु आफैमा गलत भएको उनको भनाई छ । ‘मैले गत बर्ष रबि लामिछानेले सञ्चालत गर्ने भनिएको रियालिटी शो ‘द लिडर’ मा सहभागि हुन १ हजार बुझाएर फर्म भरेको थिएँ। तर, अहिले आएर ‘शो’ को कुनै चर्चा छैन’ उनले भने–‘आम नेपालीहरुबाट १ हजार उठाएर बेपत्ता भएको देख्दा मलाई यो कतै ठगि त भएन ? भन्ने लागेको छ।’

उक्त ‘शो’ को वेबसाइट पनि बन्द रहेको वताएका उनले फोन सम्पर्क गर्न खोज्दा दिईएको फोन पनि वन्द नै रहने गरेको गुनासो गरे । ‘१ हजार ठुलो कुरा होईन, तर हजारौं युवाहरुले १÷१ हजार वुझाउँदा लाखौं÷करोडौं हुन्छ’ उनले भने–‘जिम्मेवार निकायले यसरी रकम असुलेर वेपत्ता हुन मिल्छ?’

टेलीभिजन शोका नाममा ठगी गर्ने मात्र नभई जिम्मेवार पदमा पुगीसकेका ब्यक्तिको इज्जतमाथि नै खेलवाड गरेकोमा पनि उनले दुःख ब्यक्त गरे।

२६ मंसिर ०७६ मा टेलिभिजनले भब्य कार्यक्रममो आयोजना गरी टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरेको थियो । ‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रलगायत ५ जना निर्णायकमा रहने घोषणा गरिएको थियो।

कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुने र सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएका थिए।

भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने र प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने भनिएको थियो । आयोजकले कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने दाबी गरेको थियो। सिधा बाटो डट कम