सिन्धुलीको सुनकोशी गाउँपालिकाको स्थानियले निर्माणधिन कृषि सडकको मार्ग परिबर्तन गरिएको भन्दै गाउँपालिकाको कार्यलय परिसर घेराउ गरेका हुन !
यसअघि आईतवार स्थानिय बासिन्दाले सुनकोशी गाउँपालिका 7 मझुवामा प्रदर्शनको साथै वडा कार्यलयमा तालाबन्दी लगाएका थिए !
यसअघि महाभारत डाँडैडाँडा रेखांकन गरिएको कृषि सडकको मार्ग परिवर्तन गरिएको भन्दै गाउँपालिकाको माथिल्लो भेगका स्थानीयले गाउँपालिका घेराउ गरेका हुन् ।
सरकारले बीपी राजमार्गको सोलाभञ्जाङ–नागी बन्दीपुर–काफ्लेचौर हुँदै काभ्रेको तालढुंगा जोड्नेगरी कृषि सडकको परिकल्पना गरेकामा अहिले आएर मार्ग परिवर्तन गरिएको स्थानीयको भनाइ रहेको सिन्धुलीका पत्रकार प्रमोद दाहालले बताए ।
स्थानीय नरेश सुनुवारका अनुसार अहिले सो सडकलाई नागी–मझुवा–गैह्रीगाउँ–गाउँखर्क अमारेसम्म विस्तृत परियोजना प्रतिवेदन बनाइ रेखाङ्कन तोडमोड गरिएको छ । कृषि सडकको मार्ग परिवर्तन भएपछि वडा कार्यलय घेराउ गरेका स्थानीयले सोमबार गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।
‘पर्दापछाडि गरिएको डीपीआर खारेज गर’, ‘अशिक्षित जनतालाई झुक्याएर गरिएको डीपीआर खारेज गर’, ‘आडगढी, नागी, बन्दिपुर, काफ्लेचौर, चौकीडाँडा, नेत्रकाली हुँदै तालढुङ्गा ग्रामीण कृषि सडकलाई सुनिश्चित गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित गाउँपालिकाको माथिल्लो भेगका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका थिए ।
भिडियो हेर्नुहोस